निर्धन उत्थान लघुवित्तको २६ औं वार्षिक साधारण सभा सम्पन्न

निर्धन उत्थान लघुवित्तको २६ औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २६ औं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष हरिकृष्ण पन्तको सभापतित्वमा कम्पनी सचिव जग्य प्रसाद पन्तले संचालन गरेका थिए । साधारण सभामा संचालक समतिका अध्यक्ष पन्तले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

सभामा मन्तब्य राख्दै शेयरधनी प्रा.डा. फक्त बहादुर केसीले संस्थाको २६ औं साधारण सभा संस्थाको उमेर गतिविधीले अग्रणी रहेको बताए । उनले संस्थापक तथा जन्मदाता डा. हरिहर देव पन्तको विपन्नहरुको सेवा गरेर गरिवी निवारण गर्ने दुरदृष्टी र उच्च छविकै कारण सफल भएको कुरामा दुविधा नभएको उल्लेख गरे ।

संस्थामा सदस्य घटिरहेकोे, ऋणी घटिरहेको, लगानीमा रहेको कर्जा र गुणस्तरमा केही सुधार देखिएता पनि शेयरधनीको हात रित्तो भएको छ । संस्थाको व्यवस्थापन तथा संचालक समितिले केही खर्च घटाउन सकेता पनि संस्थाको आन्तरीक अवस्थालाई मजबुत बनाएर बाह्य परिस्थतीसँग जुधेर शेयरधनीको ईच्छा अपेक्षा पुरा गर्न सक्नुपर्ने उनले बताए ।

शेयरधनी अचुत राज जोशीले संस्थामा कर्मचारीहरु प्रतिवद्ध नभएको भन्दै कर्मचारीहरुलाई धेरै मिहिनेत गर्न राम्रो काम गर्न संस्थाको मानप्रतिष्ठा जोगीने गरि कार्य गर्न अनुरोध गरे । यस्तै संस्थाका शेयरधनी दामोदर प्रसाद रेग्मीले विगतका दिनमा संस्थाले राम्रो लाभांश वितरण गरे तापनि अहिलेको व्यवस्थापन र संचालक समितिले राम्रो काम गर्न नसकेको बताउँदै आफुले खाएको नुनकोे सोझो गर्न सुझाव दिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालले संस्था अहिले सुधारउन्मुख रहेकाले आगामी वर्ष लाभांश वितरण गर्ने सकिने बताए । सभामा संचालक समितिका पदाधिकारी, शेयरधनी, कर्मचारी पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधीहरु गरि कुल २१० जनाकोे उपस्थिती रहेको थियो ।