साताको सुन कारोबार: प्रतितोला २१ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

साताको सुन कारोबार: प्रतितोला २१ सय रुपैयाँले बढ्यो सुनको मूल्य 


काठमाडौं –  यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखियो । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको थियो ।

त्यस्तै, आइतबार घटेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रह्यो। लगातार दुई दिन अर्थात् सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला पाँच सय रुपैयाँले बढेको थियो । बुधबार बढेको सुनको मूल्य बिहीबार र शुक्रबार पनि बढेको थियो । यी दुई दिन सुनको मूल्यमा ८/८ सयको वृद्धि देखियो । 

कुन दिन कति थियाे सुनकाे मूल्य ?

आइतबार – १ लाख ५२ हजार रुपैयाँ
सोमबार –  १ लाख ५२ हजार रुपैयाँ
मंगलबार – १ लाख ५२ हजार रुपैयाँ
बुधबार – १ लाख ५२ हजार ५ सय रुपैयाँ
बिहीबार–  १ लाख ५३ हजार ३ सय रुपैयाँ
शुक्रबार– १ लाख ५४ हजार १ सय रुपैयाँ

यो साताको आइतबार घट्दा सोमबार र मंगलबार सुनको मूल्य स्थिर रह्यो । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार, बिहीबार र शुक्रबार बढ्यो । आइतबार प्रतितोला  १ लाख ५२ हजार रुपैयाँबाट सुरु भएको सुनको मूल्य शुक्रबार १ लाख ५४ हजार १ सय रुपैयाँ पुग्यो । समग्रमा यो साताको सुनको मूल्यमा २१ सय रुपैयाँको वृद्धि देखियाे । अघिल्लो साता सुनको मूल्य प्रतितोला ३३ सय रुपैयाँले बढेको थियो ।