एचआईडीसीएलको २ करोड ७८ लाख ९ हजार कित्ता संस्थापक सेयर बोलकबोल मार्फत बिक्रीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले संस्थापक सेयर बोलकबाल मार्फत बिक्री गर्ने भएको छ। 

कम्पनीले २ करोड ७८ लाख ९ हजार ४ सय ८० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो। 

कम्पनीले यसअघि गत असार ५ बाट १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर बोलकबोलमार्फत बिक्री खुलाएको थियो। तर उक्त समयमा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिक्री भएको थियो। बाँकी रहेका सेयर कम्पनीले बोलकबोलमार्फत बिक्री खुलाएको हो। 

उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले साउन २९ गतेसम्म गोप्य सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्नेछन्। 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। बोलपत्र आवेदन पेस गर्दा सो भन्दा बढी मूल्य अंकित गरि दिनु पर्नेछ। उक्त सेयर खरिदका लागि न्यूनतम १०० कित्ता र अधिकतम सबैको लागि दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ।

बोलपत्र आवेदन फारम ग्लोबल आईएमई क्यापिटल लिमिटेड नक्साल काठमाडौं र ग्लोबल आईएमई बैंकका विभिन्न शाखा  कार्यालयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।