अन्तर्राष्ट्रियकरण बजारीकरण गर्न कानुनी प्रक्रिया झन्झटिलो छः सीईओ थापा

अन्तर्राष्ट्रियकरण बजारीकरण गर्न कानुनी प्रक्रिया झन्झटिलो छः सीईओ थापा


काठमाडौं – नेपाल रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापाले जोखिमको मात्रा बढेमा पुनर्बिमा क्षेत्र जोखिम न्युनिकरणमा अगाडि बढ्न थप नीतिगत पहल गर्ने बताएका छन्।

दोस्रो इन्स्योरेन्स डिस्कोर्शको चौथो सत्र ‘नेपाली पुनर्बीमा बजारको सीमा विस्तारःव्यवसाय वृद्धिमा नवीनता’ लाई सम्बोधन गर्दै पुनर्बीमा क्षेत्रमा जोखिम बढेमा नेपालका बीमा कम्पनीहरुको जोखिम वहन गर्न नीतिगत पहल गर्दै क्षमता विस्तार गर्ने बताएका हुन्।

विभिन्न जोखिमहरुमा क्षेत्रका दुई कम्पनीहरु सहकार्य गरेर गाडि बढेको उनले बताए । सीईओ थापाले निजी क्षेत्रको एक र सरकारी क्षेत्रको अर्काे कम्पनी मिलेर अगाडि बढ्दा नीतिगत सहजता हुने बताए।

दोस्रो संस्करणको डिस्कोर्शमा मुख्यगरी ४ वटा सत्र रहेका छन्। जसमा चौथो सत्रमा ‘नेपाली पुनर्बीमा बजारको सीमा विस्तारस: व्यवसाय वृद्धिमा नवीनता’ छलफल भएको छ। यस सत्रको सहजकर्तामा सञ्चारकर्मी पवन आचार्य रहेका छन्। यस सत्रको वक्ताको रुपमा थापाका साथै, हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल, अर्थमन्त्रालयका सचिव नारायण प्रसाद रिसाल रहेका छन्।