काठमाडौं– हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले पुनर्बीमा अनुदानमा चल्न नहुने बताएकी छिन्। सीईओ पौडेलले दोस्रो इन्स्योरेन्स डिस्कोर्श-२०२५ लाई सम्बोधन गर्दै पुनर्बीमा अनुदानमा चल्ने हो भन्ने सोच्न नसक्ने बताएकी हुन्।
सीईओ पौडेलले पुनर्बीर्मा क्षेत्रले अर्थतन्त्रको आन्तरिक तथा बाह्रय दुवै पक्षमा सहयोग पुर्याउने बताइन्। सीईओ पौडेलले पछिल्लो समय पुनर्बीमा क्षेत्रले अन्तराष्ट्रिय व्यापार पनि बढाइरहेको पनि बताइन् ।
दोस्रो संस्करणको डिस्कोर्शमा मुख्यगरी ४ वटा सत्र रहेका छन्। जसमा चौथो सत्रमा ‘नेपाली पुनर्बीमा बजारको सीमा विस्तारसस् व्यवसाय वृद्धिमा नवीनता’ छलफल भएको छ। यस सत्रको सहजकर्तामा सञ्चारकर्मी पवन आचार्य रहेका छन्। यस सत्रको वक्ताको रुपमा सीईओ पाैडेलका साथै नेपाल रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा, अर्थमन्त्रालयका सह-सचिव नारायण प्रसाद रिसाल रहेका छन्।





About Us
प्रतिक्रिया