काठमाडौं – अर्थमन्त्रालयका सह-सचिव नारायण प्रसाद रिसालले नेपालले नेपालका साथै अन्तर्राष्ट्रीय स्तरमा पनि नेपाली बीमा बजारको विस्तार गर्न पुर्नबीमा बजारको सुरुवात गरेको बताएका छन्।
दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श-२०२५ को चौथो ‘नेपाली पुनर्बीमा बजारको सीमा विस्तारसः व्यवसाय वृद्धिमा नवीनता’ लाई सम्बोधन गर्दै नेपालमा पुनर्बीमा बजारको राम्रो सम्भावना भएको बताएका हुन्। सह-सचिव रिसालले पुर्नबीमा नेपालमा विदेशी मुद्रा भित्र्याउने मुख्य आधार भएको र यसलाई विस्तार गर्न सरकारले विभिन्न नीतिगत पहल गरेको बताएका छन्।
दोस्रो संस्करणको डिस्कोर्शमा मुख्यगरी ४ वटा सत्र रहेका छन्। जसमा चौथो सत्रमा ‘नेपाली पुनर्बीमा बजारको सीमा विस्तार: व्यवसाय वृद्धिमा नवीनता’ छलफल भएको छ। यस सत्रको सहजकर्तामा सञ्चारकर्मी पवन आचार्य रहेका छन्। यस सत्रको वक्ताको रुपमा रिसालका साथै नेपाल रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा, हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल रहेका छन् ।





About Us
प्रतिक्रिया