आवश्यक डकुमेन्ट नहुँदा बीमामा प्रविधिको प्रयोगमा समस्या देखिएको छ: डिसीईओ कँडेल

आवश्यक डकुमेन्ट नहुँदा बीमामा प्रविधिको प्रयोगमा समस्या देखिएको छ: डिसीईओ कँडेल


काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्सका डिसीईओ निराजन कँडेलले डकुमेन्ट सबै नदिँदा बीमा कम्पनी समस्यामा परेको बताए । तेस्रो सत्रमा बीमा क्षेत्रमा प्रविधिको उदय, चुनौती र अवसरहरू शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा जवाफ दिँदै उनले बीमा कम्पनीमा आवश्यक डकुमेन्ट नआएकाले समस्या सिर्जना भएको बताएका हुन्।

डिसीईओ कँडेलले लाइफ इन्स्योरेन्स कम्पनी बढी डिजिटाइजेसनमा गएकाले काम गर्न सहज भएको बताए । डिसीईओ कँडेलले इन्स्योटेकले पनि एक स्थान पाए काम गर्न सहज हुने बताएका हुन्।

दोस्रो संस्करणको डिस्कोर्शमा मुख्यगरी ४ वटा सत्र रहेका छन्। जसमा तेस्रो सत्रमा बीमा क्षेत्रमा प्रविधिको उदय, चुनौती र अवसरहरू शीर्षकमा छलफल भएको छ । यस सत्रको सहजकर्तामा सञ्चारकर्मी संगिता कटुवाल रहेकी छिन्। यस सत्रको वक्तामा डिसीईओ कँडेलका साथै रुपमा सुर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्री, नियोअशोरका प्रबन्धक युगेन गौतम, इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुली रहेका छन्।