काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले अब समय भनेको प्रविधिमार्फत् बीमा क्षेत्रको विकास गर्ने समय भएको बताएका छन्। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श-२०२५ को तेस्रो सत्र ‘बीमा क्षेत्रमा प्रविधिको उदय, चुनौती र अवसरहरू’लाई सम्बोधन गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सले डिजिलाइजेसनमा विशेष पहल गरिरहेको बताए।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले पनि विशेष पहल गरिरहेको सीईओ खत्रीले बताए।
दोस्रो संस्करणको डिस्कोर्शमा मुख्यगरी ४ वटा सत्र रहेका छन्। जसमा तेस्रो सत्रमा बीमा क्षेत्रमा प्रविधिको उदय, चुनौती र अवसरहरू शीर्षकमा छलफल भएको छ । यस सत्रको सहजकर्तामा सञ्चारकर्मी संगिता कटुवाल रहेकी छिन्।
यस सत्रको वक्तामा डिसीईओ कँडेलका साथै रुपमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्री, नियोअशोरका प्रबन्धक युगेन गौतम, इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुली रहेका छन्।
प्रतिक्रिया