काठमाडाैं- इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले बीमामा इसेवा लगायततका डिजिटल भुक्तानीका माध्यमले प्रभावकारी भूमिका निवार्ह गर्ने बताएका छन्। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श-२०२५ को तेस्रो सत्र ‘बीमा क्षेत्रमा प्रविधिको उदय, चुनौती र अवसरहरू’लाई सम्बोधन गर्दे बीमामा डिजिटलाइजेसन गर्न विद्युत्तीय भुक्तानीका माध्यमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका हुन्।
सीईओ खड्काले भने, ‘बीमामा बीमितहरुलाई सहज भुक्तानी गर्नै विषयमा होस् या डिजिटलाइसेन गर्नै विषयमा डिजिटल भुक्तानीका माध्यमले प्रभावकारी भूमिका खेल्छ।’ दोस्रो संस्करणको डिस्कोर्शमा मुख्यगरी ४ वटा सत्र रहेका छन्।
यस सत्रको वक्तामा खड्काका साथै सुर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्री, नियोअशोरका प्रबन्धक युगेन गौतम, इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुली रहेका छन्।
देशको बीमा उद्योगको दिगो विकास, स्थायित्व र प्रबद्र्धन तथा ग्रामीण तहसम्म पहुँच विस्तारमा सकरात्मक भूमिका खेल्ने लक्ष्यसहित बैंकिङ्ग समाचारले २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्श आयोजना गर्दै आइरहेको छ। यसअघि बैंकिङ्ग समाचारले २०८० को भदौ १८ गते काठमाडौंको सोल्टी होटलमा डिस्कोर्श सम्पन्न भएको थियो।
डिस्कोर्शका क्रममा नेपालमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले भोग्दै आइरहेको समस्या र चूनौतीका विषयमा गहन छलफल गरेको थियो। यस्तै, लक्ष्यबमोजिम बीमाको विस्तार हुन नसक्नुको कारण खोजी भएको थियो भने भावी दिनमा बीमाको पहुँच र व्यवसाय विस्तारमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको विषयमा बृहत् छलफल भएको थियो।
प्रतिक्रिया