काठमाडौं – काठमाडौं – नेपाल बीमक सघंका अध्यक्ष एवम् सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री बीमा अनिवार्य भएपनि सर्वसाधारणले नबुझेको बताएका छन्। दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को दोस्रो सत्र निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधलाई सम्बोधन गर्दे बीमा अनिवार्य भएपनि सर्वसाधारणले नबुझेको बताएका हुन् ।
क्षेत्रीले बीमालाई अनिवार्यको सूचीमा राखेर सर्वसाधारणले यसका लागि रकम छुट्याउनुपर्नेमा त्यसो नभएको बताए । उनले तल्लो तहसम्म बुझाउँन नसक्दा बीमाको पहुँच विस्तारमा समस्या भएको बताएका हुन् । क्षेत्रीले नेपालमा बीमा कम्पनीहरुले कोरोना महामारी लगायत क्षेत्रमा पनि बीमा गरेको बताउँदै यसखालको जोखिम व्यवस्थापन र न्यूनिकरणको पाटोमा बुझाउन नसक्दा समस्या भएको बताएका छन्।
दोस्रो संस्करणको डिस्कोर्शमा मुख्यगरी ४ वटा सत्र रहेका छन् । जसमा दोस्रो सत्रमा निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध’ शीर्षकमा छलफल भएको छ । यस सत्रमा सहजकर्ताको रुपमा वरिष्ठ पत्रकार टिकाराम यात्री रहेका छन्। यस सत्रको वक्ताको रुपमा क्षेत्रीका साथै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी, सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्न उपाध्याय, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डे रहेका छन् ।
प्रतिक्रिया