काठमाडाैं – शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेले बीमा औपचारिकता नभइ अपरिहार्य आवश्यकता भएको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को दोस्रो सत्र निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधलाई सम्बोधन गर्दे बीमालाई औपचारिकताको रुपमा मात्र लिन नहुने बताएका हुन् ।
सीईओ पाण्डेले भने,‘ जबसम्म बीमालाई व्यक्तिले औपचारिकताको रुपमा मात्र लिन्छ, तबसम्म बीमा गर्ने अग्रसर हुँदैन । बीमा औपचारिकता मात्र नभइ अति आवश्यक पक्ष हो भन्ने बुझ्न आवश्यक छ।’
दोस्रो संस्करणको डिस्कोर्शमा मुख्यगरी ४ वटा सत्र रहेका छन् । जसमा दोस्रो सत्रमा निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध’ शीर्षकमा छलफल भएको छ । यस सत्रमा सहजकर्ताको रुपमा वरिष्ठ पत्रकार टिकाराम यात्री रहेका छन्। यस सत्रको वक्ताको रुपमा पाण्डेका साथै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी, सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)सुधुम्न उपाध्याय, निर्जीवन बीमक सघंका अध्यक्ष चंकी क्षेत्री रहेका छन् ।
प्रतिक्रिया