काठमाडौं – नेपाल बीमा प्राधिकरणकी निर्देशक पूजन ढुंगेल अधिकारीले सबै वर्गलाई समान रुपमा बीमामा सहभागीता गराउन प्राधिकरणले पहल गरिरहेकी बताएकी छिन्। उनले दोस्रो इन्स्युरेन्स डिस्कोर्श-२०२५ को पहिलो सत्र जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरुलाई सम्बोधन गर्दे प्राधिकरणले सबै वर्गलाई बीमामा समावेश गर्न विशेष पहल गरेको बताएकी हुन्।
उनले भनिन्‘, ‘प्राधिकरणले बीमा क्षेत्रमा महिला के कति हुनुहुन्छ भनेर तथ्यांक संकलन गरिरहेका छौँ । ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरुको बीमा गर्न बढी रिक्स भएको भन्दै यसको लागि नयाँ प्रडक्ट ल्याउनपर्ने पनि छ।’ उनले बीमा प्राधिकरणले काम गरिरहेको पनि बताइन् ।
दोस्रो संस्करणको डिस्कोर्शमा मुख्य गरी ४ वटा सत्र रहेका छन् । जसमा पहिलो सत्रमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरूमा छलफल भएको छ। यस सत्रमा सहजकर्ताको रूपमा बैंकिङ्ग समाचार डट्कमका समाचार प्रमुख निकेश खत्री रहेका छन्। यस सत्रमा वक्ताको रूपमा ढुंगेलका साथै रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण बाबु लोहनी, सञ्चारकर्मी तथा जनसंख्याविद् चेतन अधिकारी, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल रहेका छन् ।
प्रतिक्रिया