नेपालमा जनसंख्याको तुलनामा बीमा गर्ने संख्या निकै न्यून छ: जनसंख्या विश्लेषक अधिकारी 

नेपालमा जनसंख्याको तुलनामा बीमा गर्ने संख्या निकै न्यून छ: जनसंख्या विश्लेषक अधिकारी 


काठमाडौं – नेपालको जनसंख्याभन्दा बीमा गर्नेको निकै न्यून रहेको जनसंख्या विश्लेषक चेतन अधिकारीले बताएका छन् । दोस्रो इन्स्योरेन्स डिस्कोर्श २०२५ को पहिलो सत्र जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरूलाई सम्बोधन गर्दै  अधिकारीले   बीमा साक्षरताको अभावमा बीमा गर्नेको संख्या न्यून रहेको बताएका हुन् । 

यसका लागि सम्बन्धित  निकाय नेपाल बीमा प्राधिकरण लगायतका सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए ।  दोस्रो संस्करणको  डिस्कोर्शमा मुख्य गरी ४ वटा सत्र  रहेका छन् । जसमा पहिलो सत्रमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरूमा छलफल भएको छ । यस सत्रमा सहजकर्ताको रूपमा बैंकिङ्ग समाचार डट्कमका समाचार प्रमुख निकेश खत्री रहेका छन् । 

 यस सत्रमा वक्ताको रूपमा जनसंख्या विद् अधिकारीका साथै नेपाल बीमा प्राधिकरणकी निर्देशक पूजन ढुंगेल, रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण बाबु लोहनी, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल रहेका छन् ।