काठमाडौँ – पोलिसि बजार डटकमका बीमा विज्ञ अमन ढलले नेपालमा, विशेष गरी ग्रामीण क्षेत्रमा, वित्तीय साक्षरता अझै पनि कमजोर रहेको बताएका छन् । दाेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५मा आफ्नो प्रस्तुति दिँदै उनले नेपालका धेरै मानिसहरूले वित्तीय क्षेत्रले आर्थिक विकासमा कसरी योगदान पुर्याउँछ भन्ने कुरा पूर्ण रूपमा नबुझेको बताएका हुन् ।
डिस्कोर्शमा भारतबाट सहभागी हुन आएका विज्ञ ढलले नेपालको बीमा उद्योग रूपान्तरण: रणनीतिक सञ्चारका लागि भारतीय प्लेबुक” विषयमा प्रस्तुतीकरण दिँदै भारतीय बीमा क्षेत्रकाे इतिहास, वर्तमान परिप्रेक्ष्य लगायतका विषयमा जानकारी दिँदै उनले बीमा क्षेत्रमा सञ्चार, प्रविधिको भूमिका लगायतका विषयमा प्रस्तुतिकरण दिए ।
साथै, उनले नेपालले बीमा क्षेत्रकाे विकासका लागि भारतबाट सिक्नुपर्ने मुख्य सञ्चार रणनीतिहरू र कसरी नेपालको बीमा वृद्धिलाई गति दिन सकिन्छ भन्ने विषय औँल्याए ।
डिस्कोर्शमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल भइरहेका छन् ।
प्रतिक्रिया