डिस्कोर्शबाट बीमा क्षेत्रका लागि निकालिएको निचोड लागू गर्न तयार छौँः अध्यक्ष दाहाल

डिस्कोर्शबाट बीमा क्षेत्रका लागि निकालिएको निचोड लागू गर्न तयार छौँः अध्यक्ष दाहाल


काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमा क्षेत्र बामे सरिरहेको बताए । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै  नियमनको हिसाबले बीमा प्राधिकरण पनि बामे सरिरहेको बताएका हुन्। उनले बीमा क्षेत्रले सचेतना जगाउन नसकेको उल्लेख गरेका हुन् । उनले सरेण्डर बढ्दै गइरहेको भन्दै निराकरणको ठुलो समस्या रहेको बताए । ‘सरेण्डर बढ्दो छ यसका दोष कस्को प्राधिकरणको, बीमित वा कम्पनी त्यसको समाधान गर्नुपर्दछ।’ उनले भने। 

दाहालले बीमा प्राधिकरणले बीमा क्षेत्रलाई गर्नुपर्ने सहयोग गर्ने कुरामा हरेक क्षण तयार रहेको बताए। उनले बीमाले उद्योगको लागतमा सहयोग गर्ने बताए । उनले बीमा क्षेत्रमा जम्मा भएको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए। अध्यक्ष दाहालले अर्थतन्त्रमा आएको समस्याका कारण बीमा क्षेत्रमा पनि प्रभाव परेको उल्लेख गरेका हुन्। उनले प्राधिकरण अपरेशनल काम नगर्ने भन्दै नियामकीय काम मात्रै प्राधिकरणले बताए।

साथै,अध्यक्ष दाहालले इन्स्योरेन्स डिस्कोर्शले बीमा क्षेत्रको समस्या मात्र नदेखाई बीमा प्राधिकरणले गर्नुपर्ने कामहरूको बारेमा पनि उल्लेख गर्नुपर्ने धारणा राखे । उनले भने, हामी डिस्कोर्शबाट आएका  निचोडमा काम गर्न तयार छौँ, हामीलाई के–के गर्नुपर्छ यहाँहरूले भन्नुस् हामी काम  गर्न तयार छौँ।’

डिस्कोर्शमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल भइरहेका छन्।