बीमितले सबैतिरबाट बीमा गर्न पाउनुपर्छ: अध्यक्ष अग्रवाल 

बीमितले सबैतिरबाट बीमा गर्न पाउनुपर्छ: अध्यक्ष अग्रवाल 


काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष  राजेश कुमार अग्रवालले  बीमा अर्थतन्त्रको महत्त्वपूर्ण अंग भएको बताएका छन्। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै उनले पछिल्लाे समय नेपालमा पुनर्बीमाले पनि फड्को मारिरहेको बताए । 

अध्यक्ष अग्रवालले बीमा कम्पनी प्रतिस्पर्धी बन्दा दायरा बढ्ने बताए । उनले बीमितले सबैतिरबाट बीमा गर्न पाउनुपर्ने धारणा राखे । उनले जीवन तथा निर्जीवन बीमा कम्पनीको सेवा बिस्तार गर्नुपर्ने बताए । उनले सिमित घेराभित्र बसेर काम गर्ने हुँदा बीमा क्षेत्र नै समस्यामा पर्न सक्ने बताए।

डिस्कोर्शमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल भइरहेका छन्।