अरुको चुनौती सामना गर्ने बीमा क्षेत्र नै चिन्तामा छ: अध्यक्ष पौडेल

अरुको चुनौती सामना गर्ने बीमा क्षेत्र नै चिन्तामा छ: अध्यक्ष पौडेल


काठमाडौं – जीवन बीमक संघका अध्यक्ष एवम् सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेलले बीमा क्षेत्र चिन्ता र चुनौतीको क्षेत्र रहेको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै सीईओ पौडेलले अरुको चुनौती सामना गर्ने बीमा क्षेत्र नै चिन्तामा रहेकाे बताएका हुन् ।

अध्यक्ष पाैडेलले बीमा क्षेत्रको बजार बढ्नु आफूहरुका लागि अवसर रहेको बताएका छन् । उनले इन्स्योरेन्स डिस्कोर्शले बीमा क्षेत्रलाई झकझक्याउने माध्यम बन्ने अपेक्षा रहेको बताए । उनले जोखिन न्युनिकरण गर्नेतर्फ बीमा क्षेत्र लागिरहेको भन्दै गाउँ–गाउँ बीमाको पहुँच पुग्दै आएको उल्लेख गरे ।

‘राज्यले मोबिलाइज गर्न सकेको छैन । राज्यले हामीलाई हेर्ने दृष्टिकोणमा वपरिवर्तन गर्न सकेका छैनौं ।’ उनले भने । उनले बीमाको दायरा बिस्तार गर्न छिमेकी मुलुकले गरेका जस्तै कार्य हामीले गर्नुपर्ने बताए । उनले बीमा क्षेत्रले अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै पहिलेको तुलनामा हाल बीमा क्षेत्र फरक ढंगले अघि बढेको बताए । सीईओ पौडेलले बीमा क्षेत्रको विकासमा इन्स्योरेन्स डिस्कोर्शले ठुलो भूमिका खेल्ने बताए ।

डिस्कोर्शमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल भइरहेका छन् ।