काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीमा क्षेत्रले देशको अर्थतन्त्रमा सहयोग गर्ने बताएका हुन् । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दे ढकालले यस्तो बताएका हुन् ।
साथै, ढकालले डिस्कोर्शले बीमा क्षेत्रकाे नीतिगत सुधारमा विशेष प्रभाव पार्ने बताए । उनले बीमा क्षेत्रबाट संकलन भएको प्रिमियम बैंकको फिक्स डिपोजिटमा जान दिन नहुने उल्लेख गरे । अध्यक्ष ढकालले पूर्वाधारहरुको बीमामा पनि केही प्रतिशत छुट्याउनुपर्ने बताए । उनले बीमाले हरेक नेपालीको रेभिन्यु बढाउन पनि सहयोग गर्ने बताएका हुन् ।
उनले बीमाको प्रिमियर बढी भएको भन्दै प्रिमियर कम गराउन नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाललाई आग्रह गरेका छन् । डिस्कोर्शमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल भइरहेका छन् ।
प्रतिक्रिया