काठमाडौं – नेपाल बीमक सघंका अध्यक्ष एवम् सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले सरकारले बीमा क्षेत्र नबुझ्दासम्म बीमा क्षेत्रमा काम गर्न सहज नहुने बताएका हुन् । आजदेखि सुरु भएको दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ को उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।
उनले नेपालको बीमा क्षेत्रमा धेरै जाेखिम रहेको बताएका छन् । सीईओ क्षेत्रीले केही समयअघि गएको बढीले पनि बीमा क्षेत्रमा ठूलो असर पुर्याएको बताएका हुन् । उनले सरकारले पनि बीमा क्षेत्रका लागि सहयोग गर्नुपर्ने बताए ।
‘बीमा क्षेत्रले नाफा मात्रै हेर्दैन । जनताको पैसालाई जनतामा नै प्रयोशिल बनाउने भनेरपनि हामीले काम गरिरहेका छौँ ।’ उनले भने, ‘छिमेकी देशजस्तै हामीले पनि योजना र नीति बनाएर अघि बढ्नुपर्छ ।’
सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल भइरहेका छन् ।
प्रतिक्रिया