काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ८४० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया