काठमाडौं – दोस्रो नेशनल इस्योरेन्स डिस्कोर्श २०२५ को सम्पूर्ण तयारी सम्पन्न भएको छ । बैंकिङ्ग समाचार डट्कमको आयोजना, रिलायबल लाइफको मुख्य प्रायोजन तथा सन् लाइफ र सुर्यज्योति लाइफको सहप्रायोजनमा हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ को सम्पूर्ण तयारी सम्पन्न भएको हो ।
बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलका अनुसार काठमाडौंको मेरियट होटलमा आयोजना हुने सो डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् । उनले सो कार्यक्रममा चार ओटा सत्रमा विशेष छलफल हुने जानकारी दिए ।
उक्त कार्यक्रमको बैंकिङ्ग समाचारको फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ । निर्देशक ढुंगेलले भने, ‘हामीले डिस्कोर्शलाई लिएर धेरै सकारात्मक प्रतिक्रियाहरू पाइरहेका छौँ । हाम्रा शुभचिन्तक, सरोकारवालाहरूलाई लक्षित गरी हामीले प्रत्यक्ष प्रसारणको व्यवस्था गरेका हौँ ।’
मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुनेछ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया