काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाह स्थिर रहेकाे छ । केन्द्रीय बैंकको पुष २० गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७९ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।
यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि घटेको छ । पुष १९ गते ५९ खर्ब ४२ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले २० गते ५९ खर्ब ४१ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् । समीक्षा अवधिमा कर्जा प्रवाह स्थिर रहेको छ । पुष १९ गते ५३ खर्ब ६४ अर्ब कर्जा प्रवाह भएकोमा पुष २० गते ५३ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। सो अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाहमा पनि बढेको छ ।
पुष १९ गते ४७ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २० गते ४७ खर्ब ४२ अर्ब कर्जा प्रवाह गरेका छन्। केन्द्रीय बैंककाअनुसार सो समयमा सीडी रेसियो ७९ दशमलव ०२ प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया