काठमाडौं – महालक्ष्मी विकास बैंकले अटिजम भएका विधार्थीहरूको शैक्षिक क्रियाकलापलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरूप प्रदान गरेको छ । बैंकको दमक शाखाद्वारा सरस्वती माध्यमिक विद्यालय, दमक–९, इँटाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई सहयोग गरिएको हो।
बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयको प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विधार्थी यस सहयोगबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माणरसुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले विभिन्न कार्यक्रम सम्पन्न गर्दै आएको छ ।
बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया