शेयर बजारमा छायो हरियाली, ६ अर्ब बढीको कारोबार

शेयर बजारमा छायो हरियाली, ६ अर्ब बढीको कारोबार

'विकास बैंक समूह २.५३ प्रतिशतले बढ्याे'


काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ दशलमव ५३ अंकले बढेर २,६५३ को विन्दुमा कायम भएको छ । आज १३९ कम्पनीको मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै न्यादी ग्रुप पावरको कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुपर मादी हाइड्रोको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । चिरख्वा हाइड्रोका लगानीकर्ताले ९ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ७० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । यसदिन फाइनान्स र विकास बैंकको शेयर मूल्यमा उच्च सुधार देखिएको छ । आज विकास बैंकको २.५३ प्रतिशत र फाइनान्स समूहको ४.७७ प्रतिशतले शेयर मूल्य बढेको छ ।