काठमाडौं– दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श-२०२५ सफलतापूर्वक सम्पन्न भएको छ। चारवटा सत्रमा विभाजन गरिएको डिस्कोर्शमा सम्बन्धित क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो। डिस्कोर्शमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल भएको थियो।
डिस्कोर्शको पहिलो सत्रमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरूमा छलफल भएको छ। यस सत्रमा सहजकर्ताको रूपमा बैंकिङ्ग समाचार डट्कमका समाचार प्रमुख निकेश खत्री रहेका थिए। यस सत्रमा वक्ताको रूपमा नेपाल बीमा प्राधिकरणकी निर्देशक पूजन ढुंगेल, रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण बाबु लोहनी, सञ्चारकर्मी तथा जनसंख्याविद् चेतन अधिकारी, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल सहभागि थिए।
त्यस्तै, दोस्रो सत्रमा निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध शीर्षकमा छलफल भएको छ। यस सत्रमा सहजकर्ताको रुपमा वरिष्ठ पत्रकार टिकाराम यात्री रहेका थिए। यस सत्रको वक्ताको रुपमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी, सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्न उपाध्याय, निर्जीवन बीमक सघंका अध्यक्ष चंकी क्षेत्री, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेले सहभागीता जनाएका थिए।
साथै, तेस्रो सत्रमा बीमा क्षेत्रमा प्रविधिको उदय, चुनौती र अवसरहरू शीर्षकमा छलफल भएको छ। यस सत्रको सहजकर्तामा सञ्चारकर्मी संगिता कटुवाल रहेकी थिइन्। यस सत्रको वक्ताको रुपमा सुर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ प्रकाश विक्रम खत्री, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डिसीईओ निराजन कँडेल, नियोअशोरका प्रबन्धक युगेन गौतम, इसेवाका प्रमुख कार्यकारी अधिकृत सीईओ जगदीश खड्का, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुली रहेका थिए।
त्यस्तै, जसमा चौथो सत्रमा ‘नेपाली पुनर्बीमा बजारको सीमा विस्तारस, व्यवसाय वृद्धिमा नवीनता’ शीर्षकमा छलफल भएको छ। यस सत्रको सहजकर्तामा सञ्चारकर्मी पवन आचार्य रहेका थिए। यस सत्रको वक्ताको रुपमा नेपाल रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा, हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल, अर्थमन्त्रालयका सहसचिव नारायण प्रसाद रिसाल सहभागी भएका थिए।
डिस्काेर्शकाे अन्तिम सत्रमा बैंकिङ्ग समाचारका प्रबन्धक निर्देशक राजु ढुंगेलले पूर्व अर्थमन्त्री डा. प्रकाश शरणबीच ‘डुओलग’ छलफलमा भएकाे थियाे । डिस्काेर्शमा सहभागी विभिन्न आमसञ्चार माध्यम, बीमा क्षेत्रका प्रतिनिधिहरूहरूले सम्बन्धित निकायसँग जिज्ञासा राखेका थिए।
छिमेकी मुलुक भारतबाट सहभागी भएका विज्ञ अमन ढलले नेपालको बीमा उद्योग रूपान्तरण: रणनीतिक सञ्चारका लागि भारतीय प्लेबुक विषयमा प्रस्तुतीकरण दिएका थिए।
दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श-२०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। डिस्कोर्शको छलफलबाट निस्केको निष्कर्षलाई प्रतिवेदनकारुपमा तयार पार्दै आयोजक बैंकिङ्ग समाचारले अर्थमन्त्रालय र बीमा प्राधिकरणमा बुझाउने छ। कार्यक्रम आयोजना गरेर दस्ताबेजकारुपमा प्रतिवेदन तयार पार्दै सरकारी निकायलाई बुझाउँदा भावि दिनमा नीति निर्माण र व्यवसायको दिगो प्रबद्र्धन तथा विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास आयोजकको छ।
प्रतिक्रिया