काठमाडौं – दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ सुरु भएको छ । काठमाडौंको मेरियट होटेलमा सुरु भएको डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका हुन् । उक्त कार्यक्रममा नियामकीय निकाय, नेपाल बीमा प्राधिकरण बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रको व्यक्तित्वहरूको उपस्थिति रहेको छ ।
पौडेलले उद्घाटन गरेको इन्स्योरेन्स डिस्कोर्शमा विभिन्न सत्रहरूमा छलफल हुँदैछ। सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल हुने भएको हो ।
प्रतिक्रिया