बनेपा – सिटिजन लाइफ इन्स्युरेन्सले घातक रोग अन्तर्गत बहिरोपन भएको व्यक्तिलाई उपचार खर्च उपलब्ध गराएको छ । कम्पनीले रोशी ११ घर भई बनेपा नगरपालिका वडा नं. ६ बसोबास गर्दै आएका विमित कृष्णमान तामाङलाई घातक रोग उपचार खर्च बापत ५ लाख ९ सय ५९ रुपैयाँ उपलब्ध गराएको हो । बनेपा शाखामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै कम्पनीले पीडितलाई चेक हस्तान्तरण गरेको हो । सुरुमा स्वस्थ रहेका कृष्णमान तामाङले १५ वर्ष अवधिको बिमा गरेको तर ६ वर्षको प्रिमियम रकम तिरिसक्दा अकस्मात् कान नसुन्ने रोग लागेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन लाइफ इन्स्युरेन्सका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले सिटिजन लाइफ बिमा र भुक्तानी प्रणालीको बारे जानकारी गराए । यससँगै २० वटा घातक रोग लागेबापत कम्पनीले उपचार खर्च प्रदान गर्दै आएको जानकारी दिए । क्यान्सर, मिर्गौला फेल, ओपन हर्ट सर्जरी, जलन लगायतका समस्या भएमा बिमितलाई सम्झौता बमोजिमको रकम उपलब्ध गराउने उनले जानकारी दिए । अधिकतम ५० लाख सम्म दिने व्यवस्था रहेको पोखरेलको भनाइ छ । नेपालमा वर्षमा ४ लाख ९६ हजार मानिस उपचार गर्दा गर्दै गरिब हुने गरेको तथ्याङ्क समेत उनले सार्वजनिक गरेका थिए ।
सिटिजन लाइफ न्स्युरेन्स बनेपा शाखा प्रमुख ओमराज तामाङले बीमाले मृत्यु भएपछि मात्र भुक्तानी दिन्छ भन्ने भाष्य गलत भएको बताए । ढुक्क भएर सिटिजन लाइफ मार्फत बिमा गर्न तामाङले अनुरोध गरे। घातक रोग अन्तर्गत कान नसुन्ने भएकोले दाबी भुक्तानी वितरण गर्न लागिएको सिटिजन लाईफ बनेपाका एजेन्सी मेनेजर अशोक बुद्ध लामाले जानकारी दिए। बीमा झन्झटिलो भन्ने गरिएतापनि कागजात पेश गरेको १ हप्ताभित्रै बिमितले भुक्तानी पाएकाे लामाले जानकारी दिए । एजेन्सी मेनेजर लामाकाअनुसार बीमा अपरिहार्य, अनिवार्य बचत र जोखिम बहन हो ।
एजेन्सी म्यानेजर लामाले आफ्नो छोटो कार्यकालमा ५ सय जना भन्दा बढीको बीमा गरिसकेको जानकारी दिए । आफ्नो करिअरमा पहिलो पटक घाटक रोग गर्ने बिमित लाभान्वित हुनु आफ्नो लागि धेरै खुसीको क्षण भएको बताए । बीमा झन्झटिलो र मृत्युपछि मात्र भुक्तानी पाउने भन्ने धारणा चिर्न सफल भएको लामाको भनाइ थियो ।
कार्यक्रममा पीडितकी धर्मपत्नी गुणमाया तामाङले बीमा गर्दा आफूलाई र परिवारलाई सहायता प्राप्त भएकोमा खुसी व्यक्त गरिन् । आवश्यक कागजात पेस गरेको छोटो समयमा नै दाबी भुक्तानी प्राप्त गर्न सकेको तामाङको भनाइ थियो । आफूले एजेन्सी मेनेजर अशोक बुद्ध लामा मार्फत बिमा गरेको र पतिको कानमा पूरै समस्या हुँदा सहज भुक्तानी प्राप्त गर्न सकेको अनुभव सुनाइन् । उनले भनिन् ‘जीवन बिमा गर्नुहोस् । सिटीजन लाइफ इन्स्युरेन्स विश्वसनीय र भरपर्दो रहेछ ।’ उनले गीत गाउँदै सिटिजन लाइफमा जीवन बीमा गरिसकेपछि मनमा चिन्ता पिर लिन नपर्ने बताउँदै वृद्ध, बालक र सबैले ढुक्क भएर बीमा गर्न सुझाइन् ।
प्रतिक्रिया