दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श : बीमामा प्रविधि सम्बन्धी सत्रमा वक्ताको रूपमा युगेन गौतम सहभागी हुने 

दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श : बीमामा प्रविधि सम्बन्धी सत्रमा वक्ताको रूपमा युगेन गौतम सहभागी हुने 


काठमाडौं – बैंकिङ्ग समाचार डट्कम र नेपाल बीमा प्राधिकरणको सहकार्यमा यही पुष २५ गते हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा नियोअशोरका प्रबन्धक युगेन गौतम वक्ताका रूपमा सहभागी हुने भएका छन् । छलफलको चौथो सत्रको ‘नेपाली पुनर्बीमा बजारको सीमा विस्तार: व्यवसाय वृद्धिमा नवीनता’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा गौतम सहभागी हुने भएका हुन् । 

गौतमले सीजी होल्डिङ्समा प्रबन्धकका रूपमा पनि काम गरिसकेका छन् । पढाइको कुरा गर्ने हो भने गौतमले एमबिए गरिसकेका छन् । गौतमसँग बैंकिङ्ग क्षेत्रमा पनि कार्य गरेको अनुभव छ । उनले केही समय अघि ग्रान्ड बैंक नेपाल लिमिटेडमा सहायकको भूमिकामा रहेर काम गरिसकेका छन् । उनले नेपाल राष्ट्र बैंकबाट इन्टन गरेका हुन् भने एनडिपीईपी डेभलपमेन्ट बैंक लिमिटेडमा पनि सहायकको भूमिकामा रहेर काम गरेका छन् । 

बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरू, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने छ ।

मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।