काठमाडौं – बैंकिङ्ग समाचार डट्कम र नेपाल बीमा प्राधिकरणको सहकार्यमा यही पुष २५ गते हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा नेपाल रिइन्स्योरेन्सको सीईओ सुरेन्द्र थापा वक्ताका रूपमा सहभागी हुने भएका छन् । छलफलको चौथो सत्रको ‘नेपाली पुनर्बीमा बजारको सीमा विस्तार: व्यवसाय वृद्धिमा नवीनता’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा थापा सहभागी हुने भएका हुन् ।
थापा नेप्लिज मार्केटिङ एसोएिसनका सञ्चालक समिति सदस्य पनि छन् । नेपाल रिको सीईओ हुनुअघि थापा राष्ट्रिय बीमा संस्थाका पूर्वसहायक प्रशासक थिए । उनले साविक अजोड इन्स्योरेन्समा डिसीईओको भूमिका निर्वाह गरेका थिए ।
इन्स्योरेन्स क्षेत्रमा लामो अनुभव संगालेका थापाले व्यवसायका श्री सर्वोदय माध्यमिक विद्यालय, पाल्पाबाट स्नातक गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए पनि गरेका छन् । थापा केही समयअघि नागरिक लगानी कोषको बोर्ड सदस्य पनि थिए भने एनआईडिसी क्यापिटल मार्केटका अध्यक्षको भूमिका पनि निर्वाह गरिसकेका छन् ।
बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्धारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ । मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरुको समाधान खोज्न सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया