दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श : बीमामा प्रविधि सम्बन्धी सत्रमा वक्ताको रुपमा इसेवाका सीईओ खड्का

दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श : बीमामा प्रविधि सम्बन्धी सत्रमा वक्ताको रुपमा इसेवाका सीईओ खड्का


काठमाडौं – बैंकिङ्ग समाचार डट्कम र नेपाल बीमा प्राधिकरणको सहकार्यमा यही पुष २५ गते हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का वक्ताका रूपमा सहभागी हुने भएका छन् । विभिन्न सत्रमध्येको तेस्रो सत्र ‘बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू’ मा वक्ताका रूपमा खड्का सहभागी हुने भएका हुन् ।

खड्कासँग बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा १२ वर्षभन्दाधेरै समयको अनुभव छ । उनी केहीसमयअघि एफवानसफ्ट ग्रुपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा डाइरेक्टरका रुपमा समेत आबद्ध थिए । भारतको चार्टर्ड एकाउन्टेन्ट्स संस्थानबाट चार्टर्ड एकाउन्टेन्सी गरेका खड्काले नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन् । उनले शंकरदेव क्याम्पसबाट विजनेशबाट स्नातक र स्नातकोत्तर गरेका छन् । उनले आइए भने विज्ञान विषयमा निस्ट कलेजबाट गरेका थिए ।

बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ ।

मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरुको समाधान खोज्न सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।