नेपालको पहिलो मौद्रिक नीति (पूर्णपाठसहित)

नेपालको पहिलो मौद्रिक नीति (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपालमा मौद्रिक नीतिको इतिहास धेरै लामो छैन । आर्थिक बर्ष २०५९/६० मा तत्कालिन गभर्नर डा.तिलक रावलले मौद्रिक नीति ल्याएका थिए । 
त्यस समय नेपालमा दरबार हत्याकाण्ड र दश बर्षे जनयुद्धले गर्दाे नेपालको अर्थ व्यवस्था राम्रो थिएन । त्यस बेला आर्थिक बृद्धिदर ४ प्रतिशत र शोधनान्तर बचत ३.५ देखि ४.० अर्बमा पृर्याउने लक्ष्य लिईएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ लागु भएपछि तत्कालिन गभर्नर डा. तिलक रावलले पहिलो मौद्रिक नीति २०५९ असार ३२ गते ल्याएका थिए । त्यस समय देश १० बर्षे युद्धले गम्भिर भएको अवस्था नेपालको पर्यटन तथा उद्योग क्षेत्र लथालिङ्ग भएको थियो । 

बैंकको ऐन अनुसार केन्द्रिय बैंकको उदेश्य भनेको आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधानान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक  नीति निर्माण गरी व्यवस्थापन गर्ने हो । 
त्यस समय ४ प्रतिशत आर्थिक बृद्धि दरको लक्ष्य हासिल गर्न गभर्नर रावले मौद्रिक नीतिमा मुद्रा प्रदायको बृद्धि दरलाई १२ प्रतिशतको सिमा राख्ने, व्याजदर, मार्जिन दर, तरलता अनुपात, ओपन मार्केट अप्रेशन आदी नीतिको अवलम्बन गरेका थिए । 

त्यसैगरी केन्द्रिय बैंकले नोट तथा सिक्का निष्कासन गर्ने, मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यन्वयन गर्नुको साथै विदेशी विनिमय नीति निर्माण गर्ने तथा कार्यान्वयन गर्ने काम भएको थियो । 

यस बाहेक अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्नका लागि बैंक दर र अनिवार्य नगद मौज्दातमा कटौति गरिएको थियो । त्यस्तै, निष्क्रिय कर्जाका समस्या सुधारका निम्ति मौद्रिक नीतिमार्फत सम्पत्ति व्यवस्थापन कम्पनी समेत स्थापना गरिएको थियो । त्यसै समय कर्जा सुचना प्रणालीलाई व्यवस्थापन तथा सुधार गर्नको लागि कर्जा सुचना केन्द्रको समेत स्थापना यही बर्षको नीतिले गरेको थियो । साथै, यही नीतिमार्फत नै वाणिज्य बैंकहरुको स्थापनाको लागि पहल समेत भएको पाईन्छ । 

यही बर्षमा आएको मौद्रिक  नीतिले नै सर्वसाधारणमा बैंकिङ्ग पहुँच बढाउनको लागि विकास बैंकहरुमा बचत गर्न मिल्ने गरी बचत खाताको व्यवस्था गरेको थियो, भने विकास बैंकहरुले आफ्नो वित्तिय स्रोत संकलन सम्बन्धी सिमा तोकिएको थियो, जुन २० प्रतिशतसम्म बचत खातामा पैसा संकलन गर्न पाउने र यस्तो पैसा चेक मार्फत झिक्न समेत नपाउने व्यवस्था यस नीतिले लिएको थियो ।

पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Monetary_Policy_Collection_of_Monetary_Policy-Collection_of_Monetary_Policy_Part_1-new (1).pdf