‘साँवा तथा व्याज बुझाउने समय बढाउँदा राम्रो हुन्छ’

‘साँवा तथा व्याज बुझाउने समय बढाउँदा राम्रो हुन्छ’


महेश कुमार गौतम, शाखा प्रवन्धक, कामना सेवा विकास बैंक, स्याङ्गजा, वालिङ्ग शाखा  

लामो समयको लक डाउनले सिंगो अर्थतन्त्र प्रभावित भएको छ । आगामी दिनमा यसको प्रभाव झन् गम्भीर हुँदै जाने देखिन्छ । बैकिङ्ग कारोबारहरु हुन नसकेका कारण व्यवसायमा असर परिरहेको छ । सरकारले डिजिटल बैकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको छ । बढ्दो संक्रमणको त्रासमा रहेको बेला सरकारले आगामी बजेट पनि प्रस्तुत गरिसकेको छ । बजेटमा सरकारले सहुलियत कर्जा प्रवाहका विषयलाई पनि उठान गरेको छ । यसैबीच, लक डाउनकाबीच ग्रामिण क्षेत्रका बैंकले कसरी काम गरीरहेका छन्  र कर्जा प्रवाहको पाटोलाई कसरी हेरिरहेका छन् रु भन्ने तमाम विषयहरुमा कामना सेवा विकास बैंक, स्याङ्गजा, वालिङ्ग शाखाका शाखा प्रवन्धक महेश कुमार गौतमसँग बैकिङ्ग  समाचारका लागि मनोज रेग्मीले  गरेको कुराकानीः 

कोरोनाको कहरबीच बैंकमा कसरी काम गर्नुभएको छ ?

हामीले अहिले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुरुपनै एक तिहाई कर्मचारीको उपस्थितीमा काम गरिरहेका छौँ । यसमा पनि हामीले कर्मचारीहरुबीच आलोपालो गर्दै हप्तामा दुई दिन विहान ११ बजेदेखि दिउसो २ बजेसम्म नगद काउन्टरहरु सञ्चालन  गरिरहेका छौँ । तर जेठ २५ गतेबाट लकडाउ अलिकति खुकुलो हुदै गएको हुदा क्रमश शाखा हरु पनि खोल्ने क्रम दिनानुदिन बृद्धि गर्दै लैजाने तयारी भएको छ तेहि  अनुसार  हामी स्थानिय सरकारको निर्णय लाई कार्यान्वन गर्दै निरन्तर रुपमा काउन्टरहरु खोलेर सेवा प्रवाह गर्ने योजना बनाइरहेका छौं । 

स्याङ्गजामा कोरोना संक्रमणको शंख्या तिब्र गतिमा बढेको छ । निरन्तर रुपमा बैंक खोल्दा त्रास झनै बढ्ला नि ? 

हो तपाईं ले भनेको कुरा ठिक्कै पनि हुन सक्छ ।  तर हाल सम्म जती पनि मानिसमा कोरोना पोजेटीभ देखिएको छ ,ती सबै  नेपाल भन्दा वाहिर बाट  आएर  क्यारेन्टिनमा बसेका हरुलाई देखिएको छ । हाल सम्म स्थानियमा कोरोना पुष्टि भएको छैन र नेपाल भन्दा वाहिरबाट  आएका सबै क्यारेन्टिनमा  भएको हुँदा अहिलेसम्म त्यति आतीहाल्नु पर्ने छैन । अब हामी कोरोना सँग डराउने भन्दा पनि यो अवस्थालाई कसरी सहज बनाउने र अर्थतन्त्रलाई चलायमान गराउने तिर लाग्नु पर्छ ।

लामो समय देखिको बन्दा बन्दीले मानिसहरू अब कोरोना बाट होइन  विहान बेलुका हातमुख जोड्न नपाउने अवस्थाले मर्ने  जस्तो अवस्था देखिन्छ ।त्यसैले  पनि अब आर्थिक पक्षलाई केहि हदसम्म  भए पनि माथि उठाउनको लागि  र मानिसलाई भए रहित  वातावरण  कायम गर्नको लागि पनि बैंक तथा वित्तीय संस्था खोल्नुपर्ने देखिनछ । साथै अहिलेको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुको कार्यालय सञ्चालन गर्न दिने नदिने बिषयमा स्थानिय  सरकारले दिएको निर्देशन अनुसार हामि हाम्रा कार्यालय सञ्चालन गर्ने गर्छौं तर अहिले पछिललो समय हामीलाई बैंक सञ्चालनको लागि स्थानिय प्रशासनले कुनै दिन हरू नतोकिएको हुँदा  हामीले हाम्रो बैंकको निर्देश अनुसार बैंक  खोल्दै सेवा दिँदै आएका छौं ।

बैंक खोल्दा पनि हामीले उच्च सतर्कता अपनाएका छौं । जसमा फ्रन्ट लाइनमा काम गर्ने हरुको लागि ग्लब , माक्सको अनिवार्य प्रयोग गर्ने तथा नियमित रूपमा सेनिटाइजरको प्रयोग गर्ने समाजित दुरी कायम गर्ने । साथै ग्राहकहरू लागि पनि हाम्रो बैंकमा प्रवेश गर्ने क्रममा सेनिटाइजरको प्रयोग गराउने  र सामाजिक दुरी कायम गर्न लगाउने काम गर्याका छौं । जसले गर्दा त्यति धेरै जोखिम भए जस्तो लाग्दैन ।

आगामी बजेटले विकास बैंकका प्रत्यक शाखाले कम्तीमा पनि ५ जनालाई ५ % ब्यादरमा सहुलियत कर्जा प्रवाह गर्नुपर्ने उल्लेख गरेको छ ।  यसलाई कसरी लिनुभएको छ ?

यो कुरा सरकारले बजेट मार्फत ल्याइसकेको छ । त्यसकारण सरकारले दिएको निर्देशनलाई हामीले कार्यान्वयन गर्छौ । यसमा हाम्रो नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट पनि थप स्पष्टता  सहित निर्देशन प्राप्त हुनासाथ हामी यसको पुर्ण कार्यान्वयन गर्छौ ।

 संक्रमणपछिको लकडाउनका कारण आम मानिसमा डिजिटल बैंकिङ्ग कारोबारको महत्वको बारेमो चेतना आएको छ । तर, ग्रामीण क्षेत्रमा भने यसको पहुँच अत्यान्तै न्युन छ । ग्रामीण क्षेत्रमा प्रविधिको विकास कसरी गर्ने ?

हो ठिकै कुरा हो । अझै पनि ग्रामीण क्षेत्रका बासीन्दामा वित्तीय ज्ञानको अभाव छ । सरकारले नियमनकारी निकाय राष्ट्र बैंकले वित्तिय शाक्षरतालाई उच्च प्राथमिकतामा रानेको छ ।  हामी पनि त्यो प्रक्रियामा निरन्तर लागेका छौं  । तर पनि गाउँ गाउँ मा सोचेअनुसारको परिवर्तन हुन सकेको छैन । जसको कारण शिक्षा र चेतानाको स्तरले पनि यस लाई प्रभाव पारेको छ । वित्तिय साक्षरता मा विभिन्न बैंक सम्बन्धि जानकारी हरु तथा व्यक्तिह्रुको चेतनाको स्तर उकास्ने अनि हरुलाई कसरी आत्मनिरभर हुन सकिन्छ ।  त्यसमा बैंकको भुमिका के रहने भन्ने कुराको बारेमा जानकारी दिनु आवश्यक छ ।  

साथै पछिलो समयमा बढदै गइरहेको प्रविधिहरुको प्रयोग जस्तै मोबाइल बैकिङ्ग , इन्टरनेट बैकिङ्ग , एटिएम कार्ड  जस्ता विद्युतिय माध्यमहरुको कारोवार लाई बढि जोड दिनु पर्ने देखिन्छ । अझै पनि बैंकको काउन्टर नखोल्दा सम्म उसले  आर्थिक गतिविधि गर्न नसक्ने अवस्था छ । त्यो पनि विद्युतिय कारोवारको जानकारी नभएर नै हो । एटिएम  कार्डको बारेमा थाहै नभएका मान्छे पनि यहाँ धेरै छन् । उनीहरुलाई सानो-सानो रकमको आवश्यकता पर्दा पनि चेकबाट कारोबार गर्ने गर्दछन् । त्यसकारण यसमा सबैभन्दा पहिला बजारमा आएका नयाँ  प्रविधिहरुको बारेमा आम जनमानसमा जानकारी गराउनु पर्दछ । जसको माध्यम भनेकै वित्तिय साक्षरता हो । शहरी क्षेत्रमा यो प्रविधिको बारेमा केही जानकार भएतापनि ग्रामिण क्षेत्रको लागि यस विषयमा अझै लाग्नु पर्ने देखिन्छ ।
 

यसकालागि बैंक तथा वित्तिय संस्था , स्थानीय सरकार तथा सम्पुर्ण जनताहरुले आफ्नो क्षेत्रबाट सक्दो प्रयास गरी आगामी दिनहरुमा सबै पक्षको ध्यान केन्द्रीत गर्नुपर्ने देखिन्छ । यसमा बैंक एक्लैले समाधान गर्न सक्दैन । यस्ता कुराहरु सबै एकै पटक सम्भव हुने कुरा होइन तर सबै पक्षको सकारात्म पहल कदमी भएको केहि समय भित्र वित्तिय साक्षरताको स्तर बढाउन सक्ने लाग्छ ।

यतीबेला बैंकहरुलाई कर्जाको सावां–ब्याज उठाउन मुस्किल परेको देखिन्छ  तपाइहरुको शाखाको अवस्था कस्तो छ ?

हाल सारा मुलुकनै एउटा युद्ध लडिरहेको अवस्था छ ।  यसको प्रभाव हाम्रो मुलुकमा मात्रै नभई विश्वभरीनै छ । यस विसम प्रस्थितिमा हामीहरु सबै जना एउटै हुन जरुरी छ । एकैतीर लाग्न जरुरी छ । यो अवस्थामा सबै जना एक भएर मानव अस्तित्व लाई बचाउनु पर्ने अवस्था छ । हामी मानवको पहिलो कर्तव्य भनेको आफ्नो मानव अस्तित्व जोगाउनु हो । यसपछि मात्र अन्य कुराहरु सोच्नु पर्छ । यसको प्रभाव बैंकिङ क्षेत्रमा पनि नपरेको होइन तर हामी पनि यस समयमा कुनै पनि ग्राहकहरु सँग कर्जा भुक्तानी गरिदिनु भनेर भन्न मिल्ले अवस्था रहदैन । जब यस रोगबाट उन्मूक्ती मिल्छ, समस्याको समाधान हुन्छ त्यसपछि मात्र हामी हाम्रा नियमित कार्यतर्फ लाग्नेछौँ ।

अब हामीलाई नेपाल सरकार तथा हाम्रो नियमन कारी निकाय नेपाल राष्ट्रबैंकले जस्तो हालको निर्देशन दिन्छ सोहि अनुसार अगाडि बढनु पर्ने देखिन्छ । हाम्रो शाखाको कुरा गर्नु पर्दा चैत्र १० गते सम्मको अवस्था मा कुनै पनि कर्जा हरुमा समस्था नभएको र त्यसपछि समग्र  कोरोना भाइरसको प्रभावले मुलुकनै लकडाउनको  कारणले मानिसहरुको दैनिक कारोवारहरु पनि ठप्प भएको हुदाँ यसले पारेको प्रभाव हामीकोमा पनि परेको छ ।  यसकारण मलाई लाग्छ अहिलेको अवस्था सबै तर्फ जटिल छ ।

यो अवस्था बाट छुटकारा पाउनु हाम्रो पहिलो प्राथमिकता हो त्यस पछि विस्तारै सबै कुराहरुको व्यवस्थापन गर्दै जाने क्रममा हामीलाई कर्जा असुली पनि सहज नै हुनेछ भन्ने लाग्छ र अहिलेको सन्दर्भमा हामीलाई धेरै ग्राहक हरुको सुझाव चाही हामीले कर्जाको साँवा ब्याज भुक्तानी गर्ने समय थप गरिदिएमा सहज हुने थियो भन्ने खालको आउने गर्छ । त्यसैले यस परिस्थितिमा नेपाल राष्ट्र बैंकले पनि कर्जाको बुझाउने समय तालिका मा केही हेरफेर गर्ने खालको निर्देशन आउला जसले गर्दा बैंकिङ्ग क्षेत्रको अभिन्न अँगको रुपमा रहेका ग्राहकहरुलाई पनि सहज हुन्छ भन्ने हामी सबैले अपेक्षा गरेका छौँ ।