मंगलबार पनि बढ्याे बजार, परिसूचक ६.१६ अंकले बढ्दा फाइनान्स समूहमा चमक

मंगलबार पनि बढ्याे बजार, परिसूचक ६.१६ अंकले बढ्दा फाइनान्स समूहमा चमक

'बैंकिङ्ग समूह ०.२७ प्रतिशतले घट्याे'


काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ को विन्दुमा बन्द भएको छ । आज ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोडको शेयर कारोबार भएको हो ।

हिजो ६ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो । हिजोको तुलनामा आज कारोबार घटेको छ । सर्वाधिक कारोबार सिन्धु विकास बैंकको १६ करोड ९२ लाख रुपैयाँको भएको छ । १२६ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने १० को स्थिर रह्यो । अरुभन्दा फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ । सो समूह २.६५ प्रतिशत बढ्यो ।

साथै व्यापार ०.५९, निर्जीवन बीमा ०.४२, माइक्रोफाइनान्स ०.४४, जीवन बीमा ०.६७, हाइड्रोपावर ०.४२, विकास बैंक ०.८० प्रतिशत बढे । बैंकिङ्ग ०.२७, होटल तथा पर्यटन ०.०४, अन्य ०.१८ र उत्पादन समूह ०.२५ प्रतिशत घटे । यो दिन बजारमा ४ कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोपावरको शेयरभाउमा १० प्रतिशत तथा प्रभु महालक्ष्मी लाइफको शेयरभाउमा ९.९९ प्रतिशत र सिन्धु विकास बैंकको शेयरभाउमा ९.७७ प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो । आज आत्मनिर्भर लघुवित्त र दोल्ती पावरका शेयरधनीहरुले सर्वाधिक गुमाए । यी दुवै कम्पनीको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।