नेपाल लाइफ क्यापिटलको एघारौं वार्षिक साधारण सम्पन्न

नेपाल लाइफ क्यापिटलको एघारौं वार्षिक साधारण सम्पन्न


काठमाडौं – नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त एघारौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ ।

संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने,सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।