राष्ट्र बैंकका विभिन्न विभागका २६ निर्देशकको सरुवा, अब कुन विभागमा काे ?

राष्ट्र बैंकका विभिन्न विभागका २६ निर्देशकको सरुवा, अब कुन विभागमा काे ?


काठमाडौं – नेपाल राष्ट्र बैंकका विभिन्न विभागका निर्देशकहरूको सरुवा भएको छ । गभर्नर महाप्रसाद अधिकारीले एकै पटक २६ जना निर्देशकहरूको सरुवा गरेका हुन्। सरुवासँगै नियमन विभागका डा. सत्येन्द्र तिमिल्सिना गभर्नरको कार्यालयमा पुगेका छन् । यससँगै नियमनमा नेपालगन्ज कार्यालयमा रहेका देवेन्द्र गौतमलाई ल्याइएको छ।

नियमनका रहेका राजनदेव भट्टराईलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ। वित्त व्यवस्थापन विभागबाट इन्द्रा चम्लागाईं मैनालीलाई नियमनमा लगिएको छ। वित्त व्यवस्थापन विभागकी मीना पाण्डेलाई बैंक सुपरिवेक्षणमा सरुवा गरिएको छ। बैंक सुपरिवेक्षणका सुदिप फुयाँललाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ।

वीरगञ्ज कार्यालयका शरणकुमार अधिकारीलाई गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागमा ल्याइएको छ। त्यहाँका गिरिजाप्रसाद कोइरालालाई कानुन महाशाखामा पुगेका छन् । आर्थिक अनुसन्धान विभागका नारायणप्रसाद पोखरेललाई नेपालगन्ज पुऱ्याइएको छ। जनकपुरबाट माधव दाहाललाई आर्थिक अनुसन्धान विभाग ल्याइएको छ।

धनगढीमा कार्यरत सुवास आचार्यलाई बैंक सुपरिवेक्षण विभागमा ल्याइएको छ। बैंक सुपरिवेक्षणका शैलेन्द्र रेग्मीलाई विराटनगर पुऱ्याइएको छ। विराटनगरबाट बुद्धराज शर्मालाई आर्थिक अनुसन्धान विभागमा ल्याइएको छ।