काठमाडौं – बैंकिङ्ग समाचार र नेपाल बीमा प्राधिकरणको सहकार्यमा आउँदो पुष २५ गते हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा सानिमा लाइफ इन्स्योरेन्सका डिसीईओ निराजन कँडेल सहभागि हुने भएका छन् । विभिन्न सत्र मध्येको तेस्रो सत्र ‘बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू’ मा वक्ताका रूपमा सहभागी हुने भएका हुन् ।
कँडेलले वित्तीय क्षेत्रमा मात्रै करिब १४ वर्ष काम गरिसकेका छन् । रिलायन्स लाइफ इन्स्यारेन्समा डेपुटी सीईओको रूपमा आउनुअघि उनले १२ वर्ष बैंकिङ्ग क्षेत्रमा काम गरिसकेका छन्। निराजनले स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ८ वर्ष काम गरेका छन् भने स्ट्याण्डर्ड चार्टर्डमा उनले व्यवसाय योजना व्यवस्थापकदेखि शाखा प्रबन्धकसम्मकाे भूमिका निर्वाह गरिसकेका छन् ।
निराजनले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडमा पनि काम गरेका छन् । एससिबीमा सामेल हुनुअघि उनले बैंकको रेमिटेन्स युनिटको नेतृत्व पनि गरेका छन् । उनले कर्पोरेट बैंकिङ्गमा सम्बन्ध व्यवस्थापकको रूपमा काम गरेका छन् । उनले बैंकिङ्ग करिअर २००६ मा सिद्धार्थ बैंकबाट सुरु गरेका थिए । उनी नेशनल बैंकिङ्ग इन्स्टिच्युटका प्रशिक्षक पनि हुन्। उनले एसिसिएका साथै व्यवस्थापनमा मास्टर्स पनि गरेका छन् ।
बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा कार्यक्रमको उद्घाटन गरिनेछ। उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरू, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने छ ।
मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुनेछ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया