४९ अंकले परिसूचक बढ्दा ६ अर्बको कारोबार, बैंकिङ्ग समूह १.०९ प्रतिशतले बढ्यो 

४९ अंकले परिसूचक बढ्दा ६ अर्बको कारोबार, बैंकिङ्ग समूह १.०९ प्रतिशतले बढ्यो 

'विकास बैंक २.४६ मूल्य १.०९ प्रतिशतले बढ्याे'


काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंक अर्थात् ४९ दशमलव १२ अकंको वृद्धि देखिएको छ । परिसूचक बढेसँगै बजार २६ सय ४० दशमलव ६८ को बिन्दुमा बन्द भएको छ ।

आज २२६ कम्पनकिो शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३० करोडको शेयर कारोबार भएको छ । आज एनआरएनको २९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस उर्जाको १३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ७० प्रतिशतका दरले कमाएका छन् । शाहस उर्जाका लगानीकर्ताले ८ दशलमव ७१ प्रतिशतका दरले कमाएका छन् । माया खोलाका लगानीकर्ताले ८ दशलमव ५९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज सबै सेक्टरका सूचक बढे । बैंकिङ्ग समूह १.०९, विकास बैंक २.४६, फाइनान्स १.१९, होटल तथा पर्यटन २.९९, हाइड्रोपावर ३.५५, लगानी ३.२३, जीवन बीमा २.२९, उत्पादन १.८९, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.०४, अन्य १.७६ र व्यापार ०.४६ प्रतिशत बढेका छन् ।