काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको २१ हजार कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी २१ हजार १३३ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुकले आज पुस २२ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा आवेदन पेश गरिसक्नुपर्नेछ ।
प्रतिक्रिया