नेपाल एसबीआई बैंकको सञ्चालकमा रितेश सिन्हा 

नेपाल एसबीआई बैंकको सञ्चालकमा रितेश सिन्हा 


काठमाडौं –   नेपाल एसबीआई  बैंक लिमिटेडको सञ्चालकमा रितेश सिन्हा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुष २१ गते बसेको बैठकको निर्णयले सिन्हालाई सञ्चालक पदमा नियुक्त गरेको हो । 

बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंक (एसबीआई)  को तर्फबाट बैंकको प्रतिनिधित्व गर्दै आएका पिनाकी नाथ बनर्जीको स्थानमा सिन्हालाई सञ्चालकको रूपमा मनोनयन गरिएको बैंकल जनाएको छ ।