काठमाडौं – नेपाल एसबीआई बैंकको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजीमा १० दशमलव ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभा आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०/८१ वार्षिक आर्थिक विवरण (२०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ।
साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग’ को आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गर्यो । सभाले बैंकका सेयरधनीहरूलाई ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा जम्मा १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने र गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने र गराउने सम्बन्धमा आवश्यक कामहरु गर्नरगराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले सभा समक्ष पेस गरिएका अन्य प्रस्तावहरु समेत प्रस्ताव बमोजिम पारितरस्वीकृत गरेको बैकले जनाएको छ ।
सभामा बैंकको प्रबन्धपत्र र नियमावलीका केही दफामा संशोधन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ । साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग गाभिने, गाभ्ने वा प्राप्ति प्रक्रियामा अगाडि बढ्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिएको छ। साधारणसभाले अन्य सबै प्रस्तुत प्रस्तावहरू स्वीकृत गरेको कम्पनी सचिव श्रीधर अधिकारीले जानकारी दिएका छन्।
प्रतिक्रिया