१० वाणिज्य बैंकको एलपीआर प्रक्रियामा आशय पत्र पेस गर्ने समय ७ दिन थपियो

१० वाणिज्य बैंकको एलपीआर प्रक्रियामा आशय पत्र पेस गर्ने समय ७ दिन थपियो

'अब पुस २९ गतेसम्म आशय पत्र पेस गर्न सक्नेछन्'


काठमाडौं – १० वटा ठुला वाणिज्य बैंकको अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट लेखा परीक्षण गराउन इच्छुक परामर्शदाताबाट माग गरिएको आशय पत्र पेस गर्ने समयावधि थप गरिएको छ।

नेपाल राष्ट्र बैंकले आज (पुष २१) एक सूचना प्रकाशित गर्दै नेपालमा सञ्चालनमा रहेका १० ठुला वाणिज्य बैंककाे लाेन पाेर्टफाेलियाे समीक्षा (एलपीआर) प्रकियामा आशय पत्र पेस गर्ने अवधि एक हप्ता थप गरिएकाे जानकारी दिएकाे हाे ।

अब योग्य परामर्शदाताले पुस २९ गतेसम्म आशय पत्र पेस गर्न सक्नेछन् । यसअघि पुस २२ गतेसम्म आशय पत्र पेस गर्न सकिने समय सीमा तोकिएको थियो।

बाह्य मूल्याङ्कनकर्ता छनोट गर्दा व्यक्ति वा संस्थाको योग्यतालाई ५० अंक, अनुभवलाई ४० अंक तथा क्षमतामा १० अंकसम्म प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ। दोस्रो चरणमा छनोट हुनका लागि कम्तीमा ६० अंक प्राप्त गर्नुपर्ने प्रावधान छ।