सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दुई दिने अभिवृद्धि तालिम सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दुई दिने अभिवृद्धि तालिम सम्पन्न


काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । सो तालिम पुसा १९ र २० गते इटहरिको होटल बरण्डामा सम्पन्न भएको हो । उक्त तालिमको उद्देश्य सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षता र क्षमता बृद्धिद्घ गर्नु रहेको थियो ।

उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरुको उपस्थित रहेको थियो । जसमा नेपाल बीमा प्राधिकरणका कोशीप्रमुख बिनोद कुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव महा–प्रबन्धक कबिराज पौडेल, कोशी प्रदेश प्रमुख नारायण गौतम रहेका थिए । तालिम प्रशिक्षकहरुमा बजार विभागका नायव महा–प्रबन्धक कबि राज पौडेल, दावी विभागका प्रमुख सुभाष दिक्षीत, कोशीप्रदेश प्रमुख नारायण गौतम, अण्डरराइटिङ्ग विभागका प्रमुख दिवश तिमल्सिना, र मानव संसाधन विभागका प्रमुख शशिधर शर्मा रहेका थिए ।

प्रशिक्षकहरुले विभिन्न र बीमा क्षेत्रका साथ अन्य समसामायिक बिषयहरुमा जानकारी दिएका थिए । भने नेपाल बीमा प्राधिकरणका बिनोद कुमार पोख्रेलले बीमा तथा परिपालन सम्बन्धी आफ्ना धारणा व्यक्त गरेका थिए । प्रशिक्षकहरुले विभिन्न र बीमा क्षेत्रका साथ अन्य समसामायिक बिषयहरुमा जानकारी दिएका थिए । भने नेपाल बीमा प्राधिकरणका बिनोद कुमार पोख्रेलले बीमा तथा परिपालन सम्बन्धी आफ्ना धारणा व्यक्त गरेका थिए ।