शेयर बजारमा ५ अंकको वृद्धि, कारोबार रकम ४ अर्ब ८६ करोड रूपैयाँ

शेयर बजारमा ५ अंकको वृद्धि, कारोबार रकम ४ अर्ब ८६ करोड रूपैयाँ

'विकास बैंक समूहकाे मूल्य ०.०२ प्रतिशतले बढ्याे'


काठमाडौं – आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ दशलमव ३२ अंकले बढेर २,५९१ को विन्दुमा कायम भएको छ । आज १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको १९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिभर फल्स पावरको १७ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रसुवागढी हाइड्रोपावरको १२ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था, ग्रिन भेञ्चर र दोर्दी खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले ९ दशलमव ४४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ८८ प्रतिशतका दरले गुमाएका हुन् ।

आज आठ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । आइतबार विकास बैंकको ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६० प्रतिशत, हाइड्रोपावर समूहको १.६७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३९ प्रतिशत, जीवन बीमा समूहको ०.२७ प्रतिशतले शेयर मूल्य बढेको छ । आज १४१ कम्पनीको शेयर मूल्य बढ्दा ९४ कम्पनीको घटेकोछ ।