शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेल

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेल


काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा थानेश्वर पौडेल पुनः निर्वाचित भएका छन् । बैंकको पौष १९ गते सम्पन्न १६औं वार्षिक साधारणले सभाले पौडेललाई पुनः अध्यक्ष पदमा निवाचित गरेको हो ।

त्यस्तै, सञ्चालक समिति सदस्यमा क्रमशः सुरज उप्रेती, बिरेन्द्र भुसाल, बिरेन्द्र भुसाल, नम्रता भण्डारी र हिमाल भट्टराई निर्वाचित भएका छन् । सञ्चालक समितिमा डा. हिमाल भट्टराई र वीरेन्द्र भुसाल नयाँ हुन् । बाँकी यसअघिकै सञ्चालक समितिमा रहेका हुन् ।

रुपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।