दोस्रो इन्स्योरेन्स डिस्कोर्श २०२५ : जीवन बीमा सम्बन्धी सत्रमा वक्ताकाे रूपमा जनसख्या विद् चेतन अधिकारी सहभागी हुने

दोस्रो इन्स्योरेन्स डिस्कोर्श २०२५ : जीवन बीमा सम्बन्धी सत्रमा वक्ताकाे रूपमा जनसख्या विद् चेतन अधिकारी सहभागी हुने


काठमाडौं – दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ को विभिन्न सत्र मध्ये पहिलो सत्रमा वक्ताको रुपमा जनसंख्या विद् चेतन अधिकारी सहभागी हुने भएका छन् । छलफलको पहिलो सत्र जीवन बीमा क्षेत्रको विकास र विस्तारका रणनीति तथा परिदृश्य शिर्षकमा हुने छलफलमा वक्ताको रुपमा सहभागी हुने भएका हुन् ।

चेतन अधिकारी,पत्रकारिता र अनुसन्धानमा संलग्न छन् । उनले जनसंख्या अध्ययन र पत्रकारितमा स्नात्तकोत्तर प्राप्त गरेका छन् । हाल त्रिविबाट जनसंख्या अध्ययनमा एम फिल पिएचडि अध्ययनरत गरिरहेका छन् । नेपालको जनसंख्याको बनावट,वितरण,बसाँइसराइ,सामाजिक सुरक्षा लगायतका विषयमा अध्ययन अनुसन्धानसँगै लेखनमा पनि सक्रिय अधिकारी हाल यो बेला डट कमको सम्पादक पनि हुन् ।

बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्धारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ । मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरुको समाधान खोज्न सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।