काठमाडौं – नेपाल लाइफका मुक्तिनाथ काप्री सन् २०२६ का लागि पहिलो दिनमै एमडिआरटी क्वालिफायर्ड भएका छन् । उनले सन् २०२६ का लागि तय गरिएको एमडिआरटीको लक्ष्य एकैदिनमा पुरा गरी नेपालबाटै पहिलो एमडिआरटी बन्न सफल भएका हुन् ।
उनले सन् २०२६ का लागि तय गरिएको एमडिआरटीको लक्ष्य ५३ लाख ९६ हजार ७०० रुपैयाँको टार्गेट पुरा गरेका हुन् ।काप्रीले जनवरी १ तारेख बुधबारका दिन नारायणगढ शाखाबाट नयाँ बीमालेख जारीसँगै प्रथम बीमाशुल्क आम्दानी गराएर व्यवसायीक लक्ष्य पुरा गरेका हुन् । काप्रीले कुल ५३ लाख ९६ हजार ७ सय रूपैयाँ भन्दा बढी प्रथम बीमाशुल्क आम्दानी गरेका छन् ।
एमडिआरटीको योग्यताका लागि मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) नामक अन्तर्राष्ट्रिय संस्थाले व्यवसायीक लक्ष्य तोक्दै आएको छ। एमडिआरटीको प्रावधानअनुसार एमडिआरटी तहको व्यवसायमा एकल बीमाशुल्कबापत संकलित प्रथम बीमाशुल्क रकमको ६ प्रतिशत मात्र गणना हुन्छ । वार्षिकरूपमा नियमित किस्ता तिर्ने गरी जारी सावधिक प्रकृतिका बीमालेखबापत प्राप्त प्रथम बीमाशुल्क मात्र पुरा गणना हुन्छ।
प्रतिक्रिया