‘दोस्रो नेशनल इन्स्याेरेन्स डिस्कोर्श २०२५’ को पूर्व सन्ध्यामा अन्तरक्रिया कार्यक्रम हुँदै

‘दोस्रो नेशनल इन्स्याेरेन्स डिस्कोर्श २०२५’ को पूर्व सन्ध्यामा अन्तरक्रिया कार्यक्रम हुँदै


काठमाडौं – आज यही पुष २५ गते हुने दोस्रो नेशनल इन्स्याेरेन्स डिस्कोर्श २०२५ को पूर्व सन्ध्यामा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । अन्तरक्रिया कार्यक्रम अरण्य बुटिक होटल नागपोखरीमा हुने भएको हो ।

सो अन्तरक्रिया कार्यक्रममा पुष २५ गते हुने डिस्कोर्शका मुख्य चार सत्रहरूमा हुने बहसको विषयहरू र भविष्यमा त्यसले पार्ने प्रभावबारे गहन छलफल हुने बैंकिङ्ग समाचारका प्रबन्धक राजु ढुंगेलले बताए । आज हुने अन्तरक्रियात्मक कार्यक्रममा डिस्कोर्शमा हुने ४ वटा सत्रका वक्ताहरु र सहजकर्ता साथै बीमा क्षेत्रमा व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

डिस्कोर्शमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू र बीमामा प्रविधिको उदय: चुनौती र अवसरहरू नामक सत्र हुनेछन्।

बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको संयुक्त आयोजनामा हुने तथा रिलायबल लाईफको मुख्य प्रायोजन रहेको दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नेछन् ।