दोस्रो इन्स्योरेन्स डिस्कोर्श : सन नेपाल लाइफका सीईओ अर्याल पहिलो सत्रको वक्तामा सहभागी हुँदै

दोस्रो इन्स्योरेन्स डिस्कोर्श : सन नेपाल लाइफका सीईओ अर्याल पहिलो सत्रको वक्तामा सहभागी हुँदै


काठमाडौं – दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ को विभिन्न सत्रमध्ये पहिलो सत्रमा वक्ताको रूपमा सन नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल सहभागी हुने भएका छन् । छलफलको पहिलो सत्र ‘जीवन बीमा क्षेत्रको विकास र विस्तारका रणनीति तथा परिदृश्य’ शीर्षकमा हुने छलफलमा वक्ताको रूपमा सहभागी हुने भएका हुन् ।

राजकुमार अर्याल सन नेपाल लाइफमा दोस्रो कार्यकालका लागि सीईओ हुन्। साबिक बीमा समितिमा कानुन विभागको समेत नेतृत्व गरिसकेका अर्यालसँग बीमा क्षेत्रको लामो अनुभव रहेको छ । अर्यालसँग लामो समयदेखि विभिन्न विश्वविद्यालयमा प्राध्यापकको कार्य गरेको अनुभव पनि रहेको छ । बीमा क्षेत्रमा रहेर काम गरिरहेका अर्यालसँग बीमा क्षेत्रको राम्रो अनुभव छ ।

बैंकिङ्ग समाचार डटकमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्धारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

मुख्य रूपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।