काठमाडौं – दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ को विभिन्न सत्रमध्ये दोस्रो सत्रमा वक्ताको रूपमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिप प्रकाश पाण्डे सहभागी हुने भएका छन् । छलफलको दोस्रो सत्रको निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध निरूपणका उपायहरू शीर्षकमा हुने छलफलमा वक्ताको रूपमा सहभागी हुने भएका हुन्।
पाण्डेसँग बीमा क्षेत्रमा तीन दशक लामो अनुभव छ । हाल उनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा सीईओको रूपमा कार्यरत छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेस्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए । उनको व्यावसायिक क्षमता, विवेक र टिमवर्कमा उनको दृढ विश्वासले उनलाई स्थानीय र अन्तर्राष्ट्रिय बजारमा अनुभव प्राप्त गर्न मद्दत गरेको पाइन्छ । उनले बीमा क्षेत्रमा लामो समय काम गरिसकेकाले कम्पनीलाई अब्बल बनाउन पनि सक्षम रहेका छन् ।
बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्स मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कार्यक्रमको उद्घाटन गर्ने भएका छन् । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने छ ।
सो कार्यक्रममा मुख्य रुपमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न सुधार गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया