काठमाडौं – बीमा क्षेत्रको वर्तमान परिदृश्य र यस क्षेत्रको विकासका लागि नेपाल सरकारका प्रतिनिधि, बीमा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, नियामक निकायका प्रतिनिधिहरू, व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा बैंकिङ्ग समाचार र बीमा प्राधिकरणको सहकार्यमा बृहत् बहस कार्यक्रम ‘द सेकेण्ड नेशनल इन्स्योरेन्स डिस्कोर्श’ को दोस्रो संस्करण आयोजना हुन गइरहेको छ । जसमा पहिलो सत्र ‘जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू’ मा नेपाल बीमा प्राधिकरणकी निर्देशक पूजन ढुंगेलको सहभागी हुने भएकी छिन् ।
ढुंगेल बीमा प्राधिकरण तत्कालिन बीमा समितिमा २०६३ साल वैशाकमा सहायक निर्देशकको रुपमा प्रवेश गरेकी थिइन् । सो अघि करिब १ वर्ष बैंकिङ्ग क्षेत्रमा अनुभव बटुलेकी उनले बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत छिन् । उनले स्नातक, स्नातकोत्तरसम्मकाे शैक्षिक योग्यता हाँसिल गरेकी छिन् ।
उनीसँग जीवन तथा निर्जीवन बीमालेख निर्माण तथा स्वीकृति, बीमांकीय मूल्यांकन, लघुबीमालेख निर्माण तथा स्वीकृति, कृषि तथा पशुपंक्षि बीमा सम्बन्धी कार्य, बीमा दर सम्बन्धी कार्य, बीमा विकास तथा प्रवर्द्धन सम्बन्धी कार्य, बीमांङ्की नियुक्ति तथा सम्बन्धी कार्य गरेकाे अनुभव छ । उनी धेरै अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा समेत सहभागी भएकी छिन् ।
बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने छ ।
सो कार्यक्रममा विशेषगरी जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार- व्यवसाय वृद्धिमा छलफल हुने छ। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न र सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया